Dhaneshwar Chaudhary
कोशी टप्पु वन्यजन्तु आरक्ष कोशी नदी किनारमा रहेको संरक्षित क्षेत्र हो। यो वि.स. २०३२ (सन् १९७६) मा स्थापना भएको हो। यस आरक्षको क्षेत्रफल १७५ वर्ग किलोमिटर छ। यो सुनसरी, सप्तरी र उदयपुर गरी तिन जिल्लामा फैलिएको छ। सन् १९८७ मा रामसार सूचीमा सूचीकृत भएको नेपालकै पहिलो ठूलो रामसार क्षेत्रको रूपमा चिनिन्छ।
यस आरक्षमा ४८९ प्रजातिका चरा, २१९ दुर्लभ अर्ना र १२/१२ वटा दुर्लभ डल्फिन पाइन्छन्।
नेपाल सरकारले जनसहभागितामा संरक्षणको लागि मध्यवर्ती क्षेत्र घोषणा गरेको छ। २०६१ भदौ ३१ मा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको स्थापना गरिएको हो।
यो मध्यवर्ती क्षेत्र १७३ वर्ग कि.मी क्षेत्रफलमा फैलिएको छ र सुनसरी, सप्तरी र उदयपुरका १६ वटा गाउँ विकास समितिहरूलाई समेटेको छ।
समितिमा १३ सदस्यीय टोली रहेको छ जसमा ९ सदस्य, १ अध्यक्ष र १ सदस्य सचिव छन्। यस समितिले प्राकृतिक स्रोतहरूको संरक्षण, सदुपयोग र स्थानीय विकासमा महत्वपूर्ण भूमिका खेल्छ।
यहाँ प्रत्येक वर्ष विश्व सिमसार दिवस र राष्ट्रिय चरा महोत्सव मनाइन्छ।
कोशी टप्पु वन्यजन्तु आरक्ष दक्षिणपूर्वी तराईको सुनसरी जिल्लामा सप्तकोशी नदीको तटमा अवस्थित छ। यसको दक्षिणी सीमामा सप्तकोशी नदीको बाँध रहेको छ।
यो आरक्षण लोपोन्मुख अर्ना (जंगली भैंसी)हरूको संरक्षणका लागि स्थापना गरिएको हो। यो नेपालको सबैभन्दा सानो वन्यजन्तु आरक्ष हो।
कोशी टप्पु वन्यजन्तु आरक्ष नेपालकै प्रसिद्ध सिमसार क्षेत्रमध्ये एक हो। यो विराटनगरबाट करिब ५० किमी उत्तर–पश्चिम र धरानबाट झण्डै ४० किमी पश्चिम–दक्षिणमा अवस्थित छ।
सिसौ, खयर र सिमलका रूखहरूले ढाकिएको यो दलदली भूभाग विश्वभर चराहरूको सुरक्षित बासस्थानका रूपमा चिनिन्छ।
यस क्षेत्रमा करिब ४२० प्रजातिका स्थायी चराहरू पाइन्छन् भने हरेक वर्ष साइबेरियालगायत चिसो स्थानबाट आउने अस्थायी चराहरू पनि यहाँ बसोबास गर्छन्।
नेपालमा पाइने दुर्लभ अर्ना (जंगली भैंसी) यही क्षेत्रमा मात्र भेटिने भएकाले यसलाई “अर्नाको राजधानी” पनि भनिन्छ।
यहाँ हरेक वर्ष विदेशी तथा स्वदेशी पर्यटकहरू अर्ना र दुर्लभ चराहरू हेर्न आउने गर्छन्।
कात्तिकदेखि फागुनसम्मको समय भ्रमणका लागि उपयुक्त मानिन्छ। यस समयमा चराहरूको चहलपहल अत्यन्त रमणीय हुन्छ।
सप्तकोशी नदी तमोर, अरुण, दूधकोशी, तामाकोशी, सुनकोशी, लिखु र इन्द्रावती नदीहरूको संगमबाट बनेको हो। यो क्षेत्रको मुख्य आकर्षणमध्ये एक हो।