विद्युतीय माध्यमबाट स्वास्थ्य बीमा नवीकरण प्रक्रिया
स्वास्थ्य बीमा बोर्डले सेवाग्राहीलाई घरमै बसेर स्वास्थ्य बीमा नवीकरण गर्ने
सुविधा उपलब्ध गराएको छ। Connect IPS, eSewa, Khalti तथा Nagarik App
मार्फत सहज रूपमा बीमा नवीकरण गर्न सकिन्छ।
उपलब्ध माध्यमहरू
- Connect IPS
- eSewa
- Khalti
- Nagarik App
नवीकरण प्रक्रिया
- सम्बन्धित एप वा वेबसाइटमा Login गर्नुहोस्।
- Health Insurance Board वा Government Payment छान्नुहोस्।
- Insurance Number प्रविष्ट गर्नुहोस्।
- घरमूलीको विवरण तथा तिर्नुपर्ने रकम जाँच गर्नुहोस्।
- Pay/Renew मा क्लिक गरी भुक्तानी सम्पन्न गर्नुहोस्।
सूचना: भुक्तानी सफल भएपछि पुनः भुक्तानी नगर्नुहोस्। नवीकरण सफल भएको सुनिश्चित गरी आवश्यक परे सम्बन्धित सेवा प्रदायकसँग सम्पर्क गर्नुहोस्।